बुधबार, चैत्र २५, २०८२

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने


कान्तिपथ


पाल्पा । तानसेन–रिडी–तम्घास सडक खण्ड मर्मतका लागि एक महिना बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले उक्त सडक खण्डको रिब्दीकोट गाउँपालिकास्थित माल्मुल–जोर्ते क्षेत्रमा सडक चौडा गर्नुका तथा मर्मतका लागि एक महिना सडक बन्द गर्ने जनाएको छ ।

माघको १० गतेदेखि फागुन ९ गतेसम्म सवारी आवागमन बन्द गरेर मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदिपमणी निरौलाका अनुसार हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ४ बजेसम्म र बेलुका ६ बजेदेखि १० बजेसम्म सबै सवारी आवागमन बन्द हुनेछन् । 

यसअघि पनि सोही खण्डमा पटक पटक सूचना निकालेर सडक चौडा पार्ने काम सडक डिभिजन पाल्पाले गरि रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत