काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुकुम्बासी बस्तीको समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका छन्।
सोमबार बिहान प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका मेयर शाहले महानगरसँग जोडिएका विविध विषमा छलफल गरेका थिए।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार भेटघाटका क्रममा बागमती करिडोरमा रहेको सुकुम्बासी बस्ती हटाउने विषयमा पनि छलफल भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ