बुधबार, चैत्र २५, २०८२

शाहरुखको पठानले कमायो ७०० करोड भारु


कान्तिपथ


शाहरुख खान अभिनित फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ‘सपनाको दौड’ गर्दैछ । यो गति सुस्त हुने संकेत देखिएको छैन । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोडको आँकडा पार गरेको छ । फिल्मले दोस्रो बिहीबार १५ करोडदेखि १६ करोड भारु कमाउन सकेको छ ।

फिल्मले बुधबार भारतीय बक्स अफिसमा ५५ करोड भारुको ओपनिङ गरेको थियो । हप्ताको मध्यमा रिलिज भएदेखि यसले पाँच दिनको विस्तारित सप्ताहन्तको मज्जा लियो । त्यो समयमा विश्वव्यापी रूपमा ५०० करोड भारुको आँकडा पार गर्न सक्यो । हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बन्यो ।

पठानले ‘दंगल’को रेकर्ड तोड्ने क्रममा छ । पठानको कमाइ भारतमा अहिलेसम्म ३८७.३८ करोड (नेट) छ । पठान यशराज ब्यानरको नवस्थापित जासूसी ब्रह्माण्डमा आधारित छ । यसअघि यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है र वार फिल्म बनिसकेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत