शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • गेटा मेडिकल कलेज राष्ट्रिय स्वास्थ्य विज्ञान विश्विविधालय बनाउने प्रक्रिया अघि बढीसक्यो : प्रधानमन्त्री

गेटा मेडिकल कलेज राष्ट्रिय स्वास्थ्य विज्ञान विश्विविधालय बनाउने प्रक्रिया अघि बढीसक्यो : प्रधानमन्त्री


कान्तिपथ


धनगढी I प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेज राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ ।

कैलालीको गेटामा रहेको निर्माणाधीन गेटा मेडिकल कलेजको आज स्थलगत निरीक्षण गर्नु हुँदै प्रधानमन्त्री दाहालले गेटामम दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने गरि मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको बताउनु भयो । प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेज सञ्चालन कार्यको तीव्रतासँगै राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको काम अघि बढेको बताउनु भयो । मेडिकल कलेजसँगै स्वास्थ्य विज्ञान विश्वविधालयको स्थापना हुनु  देशकै गौरव भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको विकासलाई आफूले सदैव प्राथमिकता दिएको उल्लेख गर्दै यसपाली समेत प्रधानमन्त्री बनेपछि आफूले सुदूरपश्चिमबाटै विकास आयोजनाको अनुगमन थालेको बताउनुभयो । 

त्यस क्रममा गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक एवं पूर्वाधार निमार्ण समितिका सदस्य सचिव हेमराज पुजाराले पूर्वाधारतर्फ करिब ८० प्रतिशत निमार्ण कार्य पूरा भएको बताउनु भयो । हालसम्म २८ भवन निमार्ण भएको दर्जन बढी भवन निमार्णको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो । भवन निमार्णमा करिब साढे ५ अर्ब खर्च भएको बताइएको छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, उच्च सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत