शुक्रबार, चैत्र २७, २०८२

नामिबियाविरुद्ध रोहितको अर्धशतक


कान्तिपथ


आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।

रोहितले ४७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् । यो सँगै नेपालले २४.४ ओभरमा १ सय ३८ रन बनाएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल २५ रन र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए । क्रिजमा अहिले कुशल भुर्तेल र रोहित पौडेल रहेका छन् । रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा छैठौं अर्धशतक हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत