बुधबार, चैत्र २५, २०८२

नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपतिमा भूपाल राई नियुक्त


कान्तिपथ


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाला प्रचण्डले प्रज्ञाप्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानको कूलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ । त्यस्तै, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएका पदाधिकारीको सूची हेर्नुहोस्ः



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत