शुक्रबार, चैत्र २७, २०८२

स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य प्रस्तुत


कान्तिपथ


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डबाट नेपालले २७५ रनको लक्ष्य पाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनायो। स्कटल्याण्डका माइकल लस्कले शतकीय पारी खेल्दै १०७ रन बाए। ८५ बल सामना गरेका उनले ९ छक्का र ३ चौका प्रहार गरे।

स्कटल्याण्ड ज्याक जर्भिसले २६, ब्रान्डोन म्याकमुलेनले २२, क्रिस्टोफर म्याकब्राइडले २२ र मार्क वाटले २० रन बनाए। यस्तै, कप्तान रिची बेरिङटन १९ रन बनाएर आउट हुँदा थोमस म्याकिन्थसले पनि १९ रनको योगदान दिए। क्रिस ग्रीव्सले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले २२ रन मात्रै खर्च गरे। यस्तै, कुशल मल्लले २ विकेट लिए भने सोमपाल काकी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत