बुधबार, चैत्र २५, २०८२

शिवरात्रिमा पशुपति क्षेत्र जान-आउन यस्तो छ सवारीमार्ग


कान्तिपथ


महाशिवरात्रि पर्वको अवसरमा तीलगंगा-गौशाला-जयबागेश्वरी-मित्रपार्कसहितको पाशुपत क्षेत्रमा शनिबार दिनभर यातायात प्रभावित हुने भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिएको छ।

महाशाखाका अनुसार मालवाहक सवारी साधनाहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ।

यस्तो छ सवारीमार्ग निर्धारण

बस तथा माईक्रोबसहरू

  • रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने।
  • रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुने।
  • कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगंजको बाटो चलाउने।

माइक्रोबस तथा टेम्पोहरू

  • सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र शालिक, कृष्ण पाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।
  • जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने । मालवाहक सवारी साधनहरू –
  • जोरपाटी, बौद्ध, चाबहिल हुदैं महाराजगन्ज तर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगन्ज तर्फ जानुपर्ने ।
  • कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगन्ज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जाने ।
  • कोटेश्वर तीनकुने हुदैं पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्ने।
  • महाराजगन्ज, चाबहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने
  • कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत