शुक्रबार, चैत्र २७, २०८२

वर्षमान पुनको स्वास्थ्यमा सुधार


कान्तिपथ


नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा व्यापक सुधार देखिएको छ । फलोअपका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेका पुनको स्वास्थ्यमा सुधार देखिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो । उनी लामो समयदेखि चीन जाँदै उपचार गराउँदै फर्कदै आएका छन् ।

पुनमा वंशाणुगत जण्डिसको समस्या देखिएको छ । यसअघि पुनले चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । रोल्पाको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनलाई स्वास्थ्यमा समस्या भएको थियो । त्यसपछि हेलिकोप्टरबाट ल्याएर काठमाडौंमा उनको उपचार गरिएको थियो ।

नेपाल मै हुँदा पुनको लिभरमा ट्रान्सप्लान्ट गर्नुपर्ने सुझाव चिकित्सकले दिएको पारिवारिक स्रोतले जानकारी दिएको थियो । नेपालमै ट्रान्सप्लान्ट गर्ने कि विदेश जाने भन्ने परामर्श भइरहँदा पुन उपचारका लागि चीन गएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत