बक्सिङका रेफ्री/जज पुस्करराज पन्त ईन्टरनेशनल टेक्निकल अफिसियल मा उतिर्ण भएका छन् । आईटिओ काेर्ष पूरा गर्ने उनी पहिलो नेपाली भएकाे नेपाल बक्सिङ संघले जनाएकाे छ ।
अन्तरर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा जनवरी १७ देखि २७ तारिख सम्म सञ्चालन भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपका दौरान आइटिओको कोर्ष भएको थियो ।
बक्सिङका रेफ्री तथा जर्ज धनकुमार मैनाली सोही समयमा सञ्चालन भएको आइबिए २ स्टार रेफ्री जज परीक्षामा उतिर्ण भएका छन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बोर्ड सदस्य समेत रहेका मैनाली टु स्टार रेफ्री तथा जज उतिर्ण गर्ने पहिलो नेपाली बनेका छन् । उक्त कोर्षमा भारत, थाईल्याण्ड, ईरान, श्रीलंका लगाएत विभिन्न देशका १६ परिक्षार्थी सहभागी रहेको बताएको छ ।

२ स्टार रेफ्री जज परीक्षामा उतिर्ण भएका मैनाली पुर्व राष्ट्रिय बक्सिङ खेलाडी हुन् । उनले १३ औ दक्षिण एसियाली खेलकुद (साग), ईन्टरनेशनल थाईल्याण्ड बक्सिङ च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताहरुमा रेफ्री/जजकाे भुमिका निर्वाह गरिसकेका छन् भने एशियन ओलम्पिक काउन्सिलले उज्बेकिस्तानमा आयाेजना गरेकाे अन्तर्राष्ट्रिय रेफ्रि/जज सेमिनारमा सहभागी भै कुशलतापुर्वक आफ्नाे जिम्मेवारी पूरा गरिसकेका छन् । २०१३ देखि निरन्तर रेफ्री/ जजकाे भुमिकामा सक्रिय मैनाली बि.स.२०६७ सालमा राखेपद्वारा आयाेजित एनआईएस काेच तालिममा बक्सिङ टिममा प्रथम हुन सफल र सन् २०१९ (ईन्डिया) मा आईबिए वान काेच शर्टिफिकेशन काेर्ष समेत पास गर्ने एक मात्र रेफ्रि/ जज हुन् ।
आईटिओ तथा आईबिए टु स्टार कोष दुवैमा लिखित र प्रयोगात्मक परीक्षा हुने गरेको बताएको छ । पन्त र मैनाली दुवैले सन् २०१९ मा आईबिए वान स्टार रेफ्री/ जज कोर्ष उर्तिण गरेका थिए । पन्त सहभागी आइटिओ कोर्षमा भारत, पाकिस्तान, चीन, फिलिपिन्सलगायत २० देशका २२ जनाको सहभागिता रहेको बताइएको छ । आईटिओ उर्तिण गर्नेले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता सञ्चालन गर्न पाउनेछन् ।

२०४७ साल देखि खेलाडीका रुपमा बक्सिङमा प्रवेश गरेका पन्त २०५३ सालको टुवर्ग कप राष्ट्रिय बक्सिङ प्रतियोगिता लगायत विभिन्न खुला बक्सिङ्ग प्रतियोगितामा तीन पटक राष्ट्रिय च्याम्पियन बनेका छन् ।
युवा संदेशका अनुसार २०५५ देखि राष्ट्रिय निर्णायक बनेका पन्त बक्सिङका केन्द्रिय सदस्य तथा स्कुल बक्सिङका संयोजक हुन् । तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औ दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङमा उनले रेफ्री तथा जजको भूमिका निर्वाह गरेका थिए ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ