शुक्रबार, चैत्र २७, २०८२

युनाइटेड र टोटेनहमको जित


कान्तिपथ


इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० ले हराएको छ। युनाइटेडको ओल्ड ट्राफोर्डमा सम्पन्न भएको खेलमा उसले लेस्टरविरुद्ध रहज जित निकालेको हो।

मार्कस रासफर्डले चम्किएको खेलमा युनाइटेडले सुरुआतमै अग्रता बनाएको थियो। उनले ब्रुनो फर्नान्डेसको पासमा खेलको २५औं मिनेटमै अग्रता बनाएका थिए। युनाइटेडले पहिलो हाफमा यति नै गोल गर्न सक्यो।

दोस्रो हाफको ५६ औं मिनेटमा फ्रेडको पासमा रासफर्डले अर्को गोल गरेका थिए। त्यस्तै, फर्नान्डेसले पास उपलब्ध गराएपछि जाडन सान्चोले खेलको ६१औं मिनेटका तेस्रो गोल गरेका थिए।

गएरातिकै अर्को खेलमा भने टोटेनहमले वेस्ट ह्यामलाई २–० ले हराएको छ। टोटेनहमका लागि एमर्सन रोयल र सन ह्युङ मिनले समान १–१ गोल गरेपछि टोटेनहमले जित निकालेको हो।

गएरातिको जितसँगै शीर्ष तीनका लागि टोटेनहम र युनाइटेडको प्रतिस्पर्धा चलिरहेको गएरको छ। तेस्रो स्थानको युनाइटेडको ४९ अंक छ भने चौथो स्थानको युनाइटटेडेका ४२ अंक रहेको छ। यद्यपी युनाइटेड केही अघि देखिन्छ। यता पराजित वेस्ट हाम रेलिगेसन क्षेत्रमा छ भने लेस्टर १४ औं स्थानमा छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत