शुक्रबार, चैत्र २७, २०८२

स्कटल्यान्ड विरुद्ध नेपालका लागि लामिछानेले लिए पहिलो विकेट


कान्तिपथ


आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा घरेलु टिम नेपालले स्कटल्यान्डको पहिलो विकेट लिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डको पहिलो विकेट लिएको हो । नेपालका सन्दीप लामिछानेले स्कटल्यान्डका कायल कोएट्जरलाई २२ रनमा एलबीडब्लु आउट गराए । कोएट्जरले २३ बलमा चार चौका प्रहार गरे ।

स्टकल्यान्डले आठ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा ४३ रन बनाएको छ । नेपालले स्कटल्यान्डविरुद्ध जित निकाल्दै यो सिरिज क्लीन स्वीप गर्ने लक्ष्य बनाएको छ । यता, स्कटल्यान्ड भने यसअघि नै लिग टु को च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डलाई आजै लिग टु को ट्रफि वितरण गरिदैछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत