शुक्रबार, चैत्र २७, २०८२

४६.१ ओभरमा स्कटल्याण्ड अलआउट : नेपालका सामु २१३ रनको लक्ष्य


कान्तिपथ


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको मंगलबारको खेलमा नेपालले स्कटल्याण्डबाट २१३ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा १० विकेट गुमाएर २१२ रनको योगफल बनायो।

स्कटल्याण्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मुन्सेले अर्धशतकसहित सर्वाधिक रन बनाए। ५० बल सामना गरेका मुन्सेले २ छक्का र ९ चौकासहित ६० रन बनाए।

म्याथ्यू क्रसले ४२ तथा ब्रान्डन म्याकमुलेनले ३१, काइल कोएट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२–२२ रन बनाए। नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४५ रन खर्चिए। करन केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत