बुधबार, चैत्र २५, २०८२

यसकारण रोक्यो प्राधिकरणले गुण एयरलाइन्सको उडान


कान्तिपथ


काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ ।”

एयरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुनःउडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पार्नुभयो । निर्णयअनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् ।

थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ को म्याद थपिएन

यसैबीच प्राधिकरणले थाई एयरवेजले विगतदेखि गर्दै आइरहेको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको म्याद थप नगर्ने निर्णय गरेको छ । प्रवक्ता निरौलाका अनुसार हवाई विभाग हुँदादेखिनै उक्त सेवा प्रदान गर्दै आएको थियो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवा गर्दै आएको छ ।

थाई एयरवेजले कोभिडपूर्व नेपालमा नियमित उडान गथ्र्यो । कोभिड सुरुहुनुभन्दा केही समयअघि नै उक्त वायुसेवा कम्पनीको उडान बन्द भएको थियो । अहिले थाई स्माइलले काठमाडौँमा उडान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले एयर इण्डियाले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत