शुक्रबार, चैत्र २७, २०८२

सन्दिपको मुद्धा ईश्वर श्रीमानले हेर्ने


कान्तिपथ


नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले आफू विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित दायर गरेको रिटमा पेसी तोकिएको छ। शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलासमा लामिछानेको रिट पेसी तोकिएको छ। १५औं नम्बरमा लामिछानेको मुद्दा पेसी रहेको छ।

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुने क्रिकेट प्रतियोगिता खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ। सोही खेलका लागि दुबई जान पाउनुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता घिमिरेले निवेदन दिएका हुन्।

नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।

अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। उक्त सर्तअनुसार उनी खेल्नका लागि दुबई जान पाउने छैनन्। त्यही सर्त खारेज गर्दै खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै निवेदन दिइएको हो।

उक्त निवेदनमा सुनुवाइ हुदै सर्वोच्चले आदेश गरेका उनी खेल्न जान पाउनेछन्। यदि सर्वोच्चले आदेश जारी नगरेमा भने उनी मुद्दाको फैसला भएर निर्णय नभएसम्म जान पाउने छैनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत