संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री मोदीले एक–दुई हजार मान्छे जम्मा हुँदैमा म नै राजा हुँ भन्ने नसोच्न चेतावनी दिएका हुन् ।
गणतन्त्रका लागि हजारौं हजार सडकमा भएको भन्दै उनले मुलुक फेरि पश्चगमनतिर नजाने बताए । देशलाई ठिक तरिकाले अगाडि लैजान खोजिरहेका बेला खल्बल्याउन नखोज्न आग्रह गर्दै उनले भने, ‘पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ ।’
एक-दुई हजार मान्छे जम्मा हुँदैमा पूर्व राजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै उनले त्यस्तो नसोच्न चेतावनी दिए । उनले देश पश्चगमनतर्फ नफर्कने बताए । मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको उनको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ