शुक्रबार, चैत्र २७, २०८२

प्रधानमन्त्री प्रचण्डको दोहा भ्रमण रद्द


कान्तिपथ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ । उहाँ अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको थियो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्द भएको उहाँका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भई यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आज बिहान परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत