शुक्रबार, चैत्र २७, २०८२

आईसिसी लिग–२ : आज नेपाल र पपुवा न्युगिनी खेल्दै


कान्तिपथ


आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ। दुबईको इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ।

नेपाल, पपुवा न्युगिनी र युएईबीचको त्रिकोणात्मक सिरिज पपुवा न्युगिनीमा हुनुपर्ने भएपनि खेल्न योग्य संरचनाको अभावमा खेल यूएईमा हुन लागेको हो।

नेपालको कप्तानी रोहित पौडेलले गर्नेछ्न। पपुवा न्युगिनीको कमानी असाद भालाले सम्हाल्नेछन्। घरेलु मैदानमा भएको सिरिज खेलेका क्रिकेटर सन्दीप लामिछाने टोली बाहिर छन्।

बलात्कार आरोप लागेका क्रिकेटर लामिछानेलाई विदेश भ्रमण गर्न अदालतले अनुमति नदिएपछि उनी टोली बाहिर छन्। घरेल मैदानमा भएको सिरजमा टोलीबाहिर रहेका आरिफले पुनरागमन गरेका छन्।

सिरिज अन्तर्गत घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलिग त्रिकोणात्मक सिरिजमा कीर्तिमानी क्लीन स्वीप गरेको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ।

पछिल्ला चार खेलमा अपराजित नेपाल सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ। शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोट खेल्न नेपालले ८ मध्य ७ खेल जित्नैपर्ने हुन्छ। ओडिआइ मानयता जोगाउन शीर्ष पाँचमा रहनका लागि कम्तिमा पाँच खेल जिते पुग्छ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकमा छैटौं स्थानमा छ। पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत