शुक्रबार, चैत्र २७, २०८२

मेस्सी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी


कान्तिपथ


अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१/२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते ।

महिलाको कोच अफ द इयर अवार्ड सरिना वेइगम्यानले हात पारिन् । गोलकिपर अफ द इयर अवार्डको पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलामा मारी एअर्प्सले जितिन् ।

मार्सिन ओलेक्सीले पुस्कास अवार्ड प्राप्त गर्दा बेस्ट फ्यान अवार्ड अर्जेन्टिना समर्थक र फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गरेका छन् ।

विजेताहरूको पूर्ण सूची
उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी

उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास

उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज

उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स

उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी

उत्कृष्ट महिला प्रशिक्षकः सरिना विग्म्यान

सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्सिन ओलेक्सी

उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान

उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत