शुक्रबार, चैत्र २७, २०८२

निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी


कान्तिपथ


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

अस्पतालको आज अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी) को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सात वटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने बताउनुभयो । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने धारणा राख्नुभयो । लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृद्धि विकासतर्फ आफूले ध्यान दिने उहाँको भनाइ छ ।

त्यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । अस्पताललाई अति विशिष्टीकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी विशिष्ट शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी रहेको पौडेलले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत