सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेका क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो ।
विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो ।
क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिए । यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ ।
भोलि नेपालको यूएईसँग दोस्रो महत्त्वपूर्ण म्याच छ । आज यूएई गए पनि सम्भवतः भोलिको म्याच छुटाउन सक्छन् । नेपालको १६ सदस्यीय स्क्वाडमा पहिल्यै रहेकाले सन्दीपलाई टिम ज्वाइन गर्न भने समस्या छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ