शुक्रबार, चैत्र २७, २०८२

कुशल मल्लको यूएईमाथि आक्रामक अर्धसतक


कान्तिपथ


विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा कुशल मल्लले आक्रामक अर्धसतक बनाएका छन् । नेपालले १५ रनमा दोस्रो विकेट गुमाएपछि कुशल चौंथो नम्बरमा क्रिजमा आएका थिए । सुरुदेखि नै खुलेर खेलेका उनले ४२ बलमा आफ्नो अर्धसतक पूरा गरे, जसमा १ छक्का र ७ चौका सामेल छन् ।

नेपालले १२ रनको अवस्थामा कुशल भुर्तेललाई गुमाएको थियो । अर्का ओपनर आसिफ शेख केही राम्रा सट खेलेर १७ रनमा आउट भए । उनले १६ बल खेल्दै तीन चौका प्रहार गरेका थिए । नेपालका तीन ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल र आरिफ शेख शून्यमा आउट हुँदा नेपाल संकटमा देखिएको छ ।

अहिले कुशललाई क्रिजमा दिपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् । यूएईले पहिलो ब्याटिङ गर्दै नेपाललाई २०८ रनको लक्ष्य दिएको थियो । सामान्य लक्ष्य भए पनि स्लो विकेट हुँदा ब्याट्सम्यानहरु रनका लागि संघर्ष गरिरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत