बुधबार, बैशाख २३, २०८३

कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला


कान्तिपथ


सुर्खेत । पहिलो पटक कर्णाली प्रदेश सरकारले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ । 

शुक्रवारबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको हो । 

आफ्नै प्रयोगशाला नहुँदा विगतमा सामान्य खालका रोगहरूको नमूना परीक्षण गर्न पनि अन्य प्रदेशको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ । 

जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री टेकराज पछाइले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपकरणयुक्त र गुणस्तरीय बनाइने बताउनुभयो । प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै मन्त्री पछाइले प्रयोगशालालाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । 

प्रयोगशालाबाट सर्ने र नसर्ने रोग, सङ्क्रामक रोगको नमूना परीक्षणका साथै निन्दात्मक र अनुसन्धानमूलक सेवा प्रदान गरिने जनाइएको छ ।

प्रयोगशालाबाट दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकलाई विश्वसनीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत