शनिबार, चैत्र १८, २०७९

कार्यकाल लम्ब्याउन सिंहको ‘ढोक्सा’ : ३० वर्षे हटाउन खेलोमेलो !


कान्तिपथ


नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधि हटाउन खेलोमेलो गरेपछि प्रहरी संगठन अलपत्र परेको छ ।

पाँच जना एआईजीको दरबन्दी एकैसाथ् रिक्त भएपनि सिंहले सेवा अवधि लम्ब्याउन गरेको चलखेलका कारण बढुवा अलपत्र परेको हो । प्रहरीमा ३० वर्षे सेवा अवधि, उमेर हद र पदावधिका गरेर तीन किसिमले अवकाश हुँदै आएको छ । यही प्रावधान कायम रहे वर्तमान प्रहरी प्रमुख सिंहले ११ चैतबाट अनिवार्य अवकाशमा जानुपर्छ ।

तर, राष्ट्रपति निर्वाचन अघि बनेको नयाँ सत्ता समीकरणका बीच सिंहले सेवा अवधि हटाउने चलखेल थालेको प्रहरी उच्च स्रोतको दाबी छ । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेससहितको गठबन्धन बनेयता सिंहले जागिर लम्ब्याउन खेलोमेलो थालेको प्रहरी स्रोतको भनाइ छ ।

कांग्रेस निकट मानिने सिंह शेरबहादुर देउवा नेतृत्वको सरकार भएका बेला प्रहरी महानिरीक्षक बनेका थिए । सिंहको अवधी लम्बिए डीआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, श्याम ज्ञवाली, किरण बज्राचार्यहरु आईजीपी हुन पाउने छैनन् ।

एआईजी बढुवाको प्रमुख दाबेदारमा डिआइजीहरू दीपक थापा, बसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य, उमेशराज जोशी, सन्दीप भण्डारी, मिरा चौधरी, भिम ढकाल, रामदत्त जोशी लगायत छन् । अहिले जो पहिलो नम्बरमा एआइजी हुन्छ उसलाई चैतमा आइजिपी हुन सहज हुने भएकाले बढुवाका लागि शक्तिकेन्द्रका दैलोमा दौडधुप दुरू भैसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत