बुधबार, चैत्र २५, २०८२

केसीको फिल्म फ्लपपछिको प्रतिक्रिया : ‘पशुपतिनाथले कल्याण गरुन’


कान्तिपथ


अभिनेता अनमोल केसीले आफ्नो फिल्म ‘२.० छड्के’ बक्स अफिसमा फ्लप भएपछि आफू नवौं फिल्ममा चुकेको बताएका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति दिएका हुन्।

‘मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाई निराश बनाउँदा म झनै दुखी भएको छु। यो मेरो नवौं फिल्म थियो। नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्याे। यहाँ आएर म चुक्न पुगेँ,’ उनले लेखेका छन्।

उनले आफू अन्य फिल्ममा राम्रो काम गर्ने बताउँदै लेखेका छन्, ‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ। घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ। म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु। दुखेको घाउहरूमा मल्हम लगाउने छु।’

याे फिल्म रिलिजकाे ६ दिनमै मल्टिप्लेक्स हलबाट उत्रिएको थियाे। करिब ३ कराेड लगानीमा बनेकाे फिल्मले ३० लाख रूपैयाँ कमाएकाे छ।

उनी आगामी फिल्म ‘जेरी २’ मा देखिनेछन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत