शनिबार, चैत्र १८, २०७९

चलचित्र कलाकार संघको उपाध्यक्षमा बाबाको उम्मेदवारी


कान्तिपथ


नेपाल चलचित्र कलाकार संघको उपाध्यक्षमा कलाकार पवनप्रसाद खतिवडा(बाबा) ले उम्मेदवारी दिएका छन् । संघले यही आउँदो ४ चैतमा हुने निर्वाचनबाट नयाँ कार्यसमिति तीन वर्षको लागि चयन गर्न लागेकाे हाे ।

शनिबार नै सबै पदका लागि उम्मेदवार परेको थियो । जसमा कलाकार संघका दुई उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनेमा खतिवडा लगायत अभिनेत्रीहरु सरिता गिरी, तेजुला खतिवडा, कविता शर्मा गेलाल, अभिनेता विष्णुप्रसाद रिजाल, कलाकार शिवहरी नेपाल वैरागी र डीबी बम्जन रहेका छन् ।

यस्तै एक महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ भने एक सचिवमा दुई जना, एक कोषाध्यक्षमा दुई जना, एक सहकोषाध्यक्षमा लुई जना र १० केन्द्रीय सदस्यमा २५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरूले सोमबारसमम उम्मेदवारी फिर्ता लिन पाउने प्रावधान रहेको छ ।

२०४८ सालमा भिडियो चलचित्र कर्ममा बाल कलाकारको रुपमा देखा परेका बाबाले नृत्य निर्देशनदेखि लिएर थुप्रै चलचित्रहरुमा मुख्य सहायक निर्देशन गरेका छन् ।

एक कार्यकाल सदस्यको रुपमा नेपाल चलचित्र कलाकार संघमा काम गरिसकेका बाबा अहिले स्वतन्त्र रुपमा कलाकार संघको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिएका छन। आफूले राम्रो काम गर्दै आएको दाबी सहित उनले उपाध्यक्षको पदमा उम्मेदवारी दिएका हुन् ।

कलाकार कुनै दल, पार्टीको हुँदैन, पुरै देशको हुन्छ, तसर्थ कलाकार गहना होइन, राज्यको अङ्ग हो र हुनपर्छ भन्ने मान्यता राख्दै आएका बाबाले कलाकारलाई राज्यले (अवस्था हेरेर) शिक्षा, स्वस्थ्य लगायत आधारभूत आवश्यकतामा राहत दिनुपर्नेमा जोड दिएका छन ।

कलाकारको क्षमताको प्रदर्शन होस, जस्ले राज्यका नागरिकले गरेका गलत कामलाई गलत र सहिलाई कला मार्फत सहि भनेर प्रस्तुत गर्न सक्यो भने राज्यमा पनि कुशल शासन भएको अनुभूति हुनेछ अनि सम्पुर्ण जनता सुखी, खुशी, स्वस्थ्य रहन्छ्न भन्नेमा उनले जोड दिएका छन् ।

साथै सम्पुर्ण चलचित्रसंग सम्बन्धित संघ, सस्था एकजुट भएर, राजनिती भन्दा माथी उठेर सम्पुर्ण चलचित्रकर्मीको हितमा लाग्न सबैलाई आग्रह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको बाबाले बताए । यसरी कला र कलाकर्मीलाई अगाडि बढाउन सकेको खण्डमा संघमा केही हद्सम्म राजनीतिकरण कम हुने उनको बिश्वास छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत