घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ ।
९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले खराब प्रदर्शन गर्दै नेपाललाई झिनो लक्ष्य दिएको हो । पपुवा न्युगिनीले ३२ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९५ रन बनायो ।
नेपाली बलरको किफायती बलिङमा पपुवा न्युगिनीका ब्याटर सस्तैमा समेटिए । कप्तान असद भालाले २०, सेसे बाउले १८, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले १० ओभरमा एक ओभर मेडन राख्दै २५ रन खर्चिएर पाँच विकेट लिए । त्यस्तै, कुशल मल्ल र ललितनारायण राजवंशीले समान २–२ विकेट लिए । यता, सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
सन्दीपले चार्ल्स अमिनी, कप्तान असद भाला, सेसे बाउ, हिला भरे र सिमो कामेयालाई आउट गराए । त्यस्तै, कुशल मल्लले नोरमन भनुवा र काबुवा मोरेयालाई आउट गराए । ललितले रिले हेकुरे र किप्लिन डोरिगालाई आउट गराए । यता, सोमपालले हिरी हिरीलाई आउट गराए ।
उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७.३ ओभरमै लक्ष्य भेट्यो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ