शुक्रबार, चैत्र २७, २०८२

नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


कान्तिपथ


काठमाडौँ । तथ्याङ्क विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या  २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।  

विभागको तथ्यांकअनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको सङ्ख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । महिलाको भन्दा पुरुषको सङ्ख्या करिब ७ लाख कम रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा धेरै र मनाङ जिल्लामा सबैभन्दा कम जनसङ्ख्या छ । 

काठमाडौँमा २० लाख ४१ हजार ५ सय ८७  र मनाङमा पाँच हजार ६ सय ८५ जनसङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ । 

यसअघि २०७८ माघ १२ मा विभागले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत