टेलिभिजन रियालिटी शो भ्वाइसको संरचनाअनुसार चारैवटा कुर्सी घुमाउन सक्ने प्रतिस्पर्धीलाई अरुभन्दा केही अब्बल मानिन्छ । भ्वाइसको यो हेर्नलायक शैली पनि हो, जसले गर्दा यसलाई अरुभन्दा पृथक तुल्याएको छ । चारै कुर्सी घुमाउने ट्यालेन्टलाई आफ्नो टिममा लिन कोचबीच प्रतिस्पर्धा पनि चल्छ ।
जसले गर्दा भ्वाइस ट्यालेन्टभन्दा पनि कोचबीचको प्रतिस्पर्धा हो । भ्वाइस किड्स नेपालको जारी संस्करणमा कोचहरुबीच ट्यालेन्टलाई तान्न नोकझोंक पनि देख्न सकिन्छ । अहिले भ्वाइस किड्समा ब्लाइण्ड अडिसन चलिरहेको छ र यो चरण यहि सातादेखि सकिनेछ । एक कोचको समूहमा १२ जना हुने गरी कोचले टिम निर्माण गर्नेछन् ।
पछिल्लो चरणमा रामेछापकी १२ वर्षीय सृष्टि मोक्तानले चारै कुर्सी घुमाउन सफल भएकी छन् । चारैवटा कुर्सी घुमाउनेलाई समूहमा राख्दा जितिन्छ भन्ने निश्चित नभएपनि यसले जिततर्फ धकेल्न चाहिं मद्दत गर्छ । जसले गर्दा पनि कोचबीच ‘फो चेयर टन्र्ज’लाई ल्याउन मरिहत्ते चल्छ । मोक्तानले वरपर गाउँभरि हल्ला छ गित गएकी थिइन् । उनलाई आफ्नो समूहमा ल्याउन कोच मिलन, प्रमोद, सुशान्त र प्रविशा होडबाजी नै चलेको थियो । उनले प्रविशालाई आफ्नो कोच चयन गरेकी छन् । यस्तै रामेछाप बेताली कै संयोग बस्नेतले पनि चारै कुर्सी घुमाएका छन् । उनले यो नानीको शिरैमा गित गाए भने अन्तिममा कोच प्रमोद छनोट गरेका छन् ।
ब्लाइन्ड राउण्ड शुक्रबार र शनिबार सकिने तयारीमा छ । त्यसपछि ब्याटल राउण्ड सुरु हुने जनाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ