बुधबार, चैत्र २५, २०८२

चलचित्र ‘प्रसाद २’ रोक्न अदालतको अल्पकालिन आदेश


कान्तिपथ


काठमाडौँ- चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको हो । सुदर्शन थापा निर्देशित चलचित्र आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले चलचित्र रोक्न माग राखेर उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । चलचित्र निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रहरीले उनलाई खोजिरहे पनि उनी फरार छन् । अदालतले थप सुनुवाइका लागि २६ गते दुवै पक्षलाई अदालतमा बोलाएको छ । पाण्डे यसअघि ‘प्रसाद २’को निर्माताका रूपमा चिनिनुभएको थियो । हाल चलचित्रको प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा होस् वा अन्य स्थानमा, उहाँ निर्माताका रूपमा रहेको विषयवस्तु समेटिएको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत