सल्यानका नरेश केसीका २० महिनाका छोरा प्रणय केसीलाई स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) पोजिटिभ देखिएपछि उपचारमा समस्या भएको छ । कोटेश्वरमा बस्दै आएका केसी नेपालमा छोराको उपचार सम्भव नभएपछि भारत गएका थिए।
२० महिना भैसक्दा पनि प्रणय बामे सर्न नसकेपछि केसी दम्पति उपचारका लागि दिल्लीको गंगाराम अस्पतालमा प्पुगेका हुन् । काठमाडौँ कै कान्ति बाल, बालमैत्री र एभरेस्ट अस्पतालमा उनको उपचार सम्भव भएन ।

गंगाराम अस्पतालका डाक्टरले स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)को आशंका गरी परीक्षण गर्न लगाए र रिपोर्ट पोजिटिभ देखियो। यो रोगको उपचार खर्चिलो देखिएपछि केसी दम्पति अहिले पिडामा छ ।
दुई वर्षमुनिका एसएमए पीडित शिशुहरूलाई जोजेन्स्मा नामक इनजेक्सन लगाइन्छ । जोजेन्स्मा एक प्रकारको जीन थेरापी हो । एक डोज मात्र लगाए पुग्ने उक्त इनजेक्सनको मूल्य भारतमा मात्रै १७ करोड (भारु) पर्छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य २ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।

एसएमएले मेरुदण्ड बङ्ग्याउने गर्छ । अहिले प्रणयको खुट्टा चल्न छोडेको छ । हात भने अलिअलि चल्छ, तर, कमजोर भएको छ । यसको उपचार महँगो भएकाले केसी दम्पतिले उपचारमा सहयोगका लागि अपिल गरेका छन् । नरेशले सहयोगको लागि बच्चा (प्रणय केसी) को नाममा बैंक खाता खोलेका छन् । प्रणयको उपचारको लागि सहयोग गर्न चाहनेले ग्लोबल आइएमई बैंक (शंखमुल शाखा) को खाता नम्बर २५७०७०१०१५४८३३ मा रकम जम्मा गर्न सक्नेछन् ।
प्रणयको जीवन बचाउनको लागि तपाईं तल उल्लेखित खाताबाट सहयोग गर्न सक्नुहुन्छ ।
Bank: Global IME
Account No.: 2570701054833
Account Name: Pranaya KC
Branch: Sankhamul

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ