शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • दोश्रो ब्राइट फ्युचर एस.ई.ई. फुटसल कप आज देखी, आयोजक ब्राइट फ्युचरको विजयी सुरु

दोश्रो ब्राइट फ्युचर एस.ई.ई. फुटसल कप आज देखी, आयोजक ब्राइट फ्युचरको विजयी सुरु


कान्तिपथ



काठमाण्डौ, चन्द्रागिरीमा अवस्थीतको ब्राइटफ्युचर मा.वि. +2 विभागले आयोजना गरेको दोश्रो दोश्रो ब्राइट फ्युचर एस.ई.ई. फुटसल कप २०८० को शुभारम्भ एक समुद्‌‌घाटन कार्यक्रमका बिच गरियो । कार्यक्रमका प्रमुख अतिथी पुरुषोत्तम थापा (ANFA) का केन्द्रीय सदस्यले पानस‌मा बत्ती बाली उदघाटन गर्नु भयो। सोही कार्यक्रम‌मा स्वागत मनतब्य राख्नु हुदै ब्राइट फ्युचर +2 विभाग प्रमुख स्यामकृष्ण महर्जन‌ले शैक्षिक गुणस्तर संगै खेललाई पनि प्रोत्साहन गर्दै अगाडि बढ्न सुझाव दिनु भयो। साथै उहाँले खेलकुद, कलाकारिता र विभिन्न विद्यामा उत्कृष्ठता हासिल गरेका विद्यार्थी भाई बहिनीहरुलाई पुर्ण तथा आंशिक छात्रवृत्ती प्रदान गरिने बताउनु भयो ।


सोही कार्यक्रमका विशेष अतिथी चन्द्रागिरी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष श्री राजभाइ महर्जनले खेलकुद तथा अन्य विद्याका यस्ता अतिरिक्त क्रियाकलापहरुमा आफ्नो र वडाको तर्फबाट पनि सदैव साथ सहयोग रहने बताउनु भयो । अनि


मन्तब्यकै क्रम‌मा ब्राइट फ्यूचर विद्यालयका प्रिन्सीपल दयाराम थापाले सोही प्रतियोगिताका विजेता टिमका सम्पुर्ण खेलाडीहरुलाई १००% छात्रवृत्ती र त्यस्तै दोस्रो हुनेलाई ७५% छात्रवृत्ती र अन्य विद्यामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी तथा अन्य सहभागी टिमका सम्पूर्ण खेलाडीहरुलाई एस.ई.ई. पछीको कक्षा ११ को लागी २५% छात्र प्रदान गरिने बताउनु भयो।


सोही कार्यक्रमको अध्यक्षता गर्नु भएको ब्राइट फ्यूचर मा.वि. का अध्यक्ष मोहन कुमार कार्कीले ब्राइट फ्यूचरमा अध्ययान गर्ने विद्यार्थीहरुलाई पठनपाठनको साथै विभिन्न देशमा गई खेलकुद मार्फत आफ्नो देशलाई चिनाउने काम गर्ने अवसर पनि दिइने बताउनु भयो । अध्यक्ष मोहन कुमार कार्की इंटरनेशनल स्कूल सपोर्ट फेडरेशन, नेपालको कंट्री डायरेक्टर पनि हुनुहुन्छ।

यस प्रतियोगिता ३ दिन चलने छ र प्रतियोगिताको फाइनल खेल बैशाख ६ गते हुनेछ ।

पहिलो खेल : डायमंड – ४, एल. आर. आई. – 0

दोश्रो खेल : ब्राइट फ्यूचर – ४, शारदा मा. वि. – ३

तेश्रो खेल : जेवियर इंटरनेशनल – 0, ध्रुवतारा – ६

चौथो खेल : नेरिक अकैडमी – ७, सनशाइन – 0
पाँचऔ खेल : नेपाल तारा स्कूल – ५, सेंट्रल हाई स्कूल – 0

छैठौ खेल : ग्रीन विलेज – १, सैंट लारेंस – 0

सातौं खेल : श्री संजय साईं विद्या मंदिर – २, न्यू डायमंड – १

आठौं खेल : भक्ति इंटरनेशनल स्कूल – ५, मिनिल्यांड स्कूल – 0

नवौं खेल : ए. आई स्कूल – ३ , ब्राइट होराइजन – ६

दशौं खेल : मोडेल स्कूल – 0 , पद्मोदय – ८

एघरौं खेल : श्री मंगल – 0, पिनान्कल – ४

बाह्रौ खेल : समृद्धि स्कूल – 0, क्यामेलिया – ३



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत