काठमाडौं । भोलि (बिहीबार) बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले आज एक सूचना जारी गर्दै भोलि बिहान ६ घण्टा विमानस्थल बन्द हुने जानकारी दिएको हो ।
विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले विमानस्थलमा अनलाइन यूपीएस जडान गरिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागिएको सूचनामार्फत जानकारी दिनुभएकाे छ । विमानस्थलले उक्त समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्नसमेत आग्रह गरेकाे छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ