निर्देशक मुकुन्द भट्टले फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’को घोषणा गरेका छन् । फिल्म निर्माणको औपचारिक घोषणा गर्दै निर्देशक मुकुन्द भट्टले बुधबार ‘चोर पुलिस : टम एण्ड जेरी’ को टिजर पोस्टर सार्वजनिक गरिएको छ ।
यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती र इन्द्रप्रसाद खरेल कलाकारको रुपमा हुने जनाइएको छ । अभिनेत्री तर्फ लिड फिमेल अभिनेत्री तय हुन बाँकी रहेको निर्देशक भट्टले जानकारी दिए ।
म्याक मिडिया एण्ड सर्भिसेजको ब्यानरमा बन्ने फिल्मलाई सुदीपचन्द्र बखरेलले निर्माण गर्दैछन् । निर्देशक भट्टले यसअघि पनि ‘लेभल : एक्स नाइन’ गर्ने घोषणा गरेका थिए । तर छायांकन नहुँदै अनमोल केसी लगायतले फिल्म छाडे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ