नेपाल प्रहरीका १८ जना एसपीहरु एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिले एसएसपी बढुवा सिफारिस गरेको हो। यसअघि १३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि रिक्त १८ एसएसपी पदहरुमा बढुवाका लागि सिफारिस गरिएको हो।