एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरूद्धको सेमिफाइनल खेलमा करण केसीले पाँच विकेट लिएका छन्। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले टस हारेर ब्याटिङ गरेको नेपालले कुवेत सामु २८१ लक्ष्य प्रस्तुत गरेको थियो। त्यसमा डिएलएस मेथडबाट २८१ रन लक्ष्य राखिएको थियो।
सुरूमा बलिङ गरेका करण केसीले रन नदिइ पहिलो विकेट लिएका थिए। उनले अड्नान एड्रिसको विकेट लिएका हुन्। सोमपाल कामीले पर्विन्दर कुमारको विकेट लिएका हुन्। उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो।
तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले फेरि अर्को विकेट लिएका हुन्। उनले मिट भास्वरलाई ललित राजवंशीबाट क्याच गराए।
करण केसीले चौथो विकेट छैटौं ओभर सिराज खानको विकेट लिएका थिए। त्यस्तै आठौं ओभरमा मोहम्मद आस्लमको विकेट लिएका हुन्।
कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र बनाएको छ। अहिले पानी परेकाले खेल रोकिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ