मङ्लबार, बैशाख ८, २०८३

सरकार र महाबिर पुनको वार्ता सुरु


कान्तिपथ


विभिन्न ४ बुँदे माग राखेर सडक आन्दोलन थालेका महावीर पुनसँग सरकारले वार्ता थालेको छ ।

अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच रक्षा मन्त्रालयमा वार्ता भइरहेको छ ।

वार्तामा मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्तसरकार गम्भीर नभएको भन्दै विभिन्न मागसहित शुक्रबार बिहानबाट माइतीघर मण्डलाबाट सडक आन्दोलनमा छन् ।

महावीरको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, सर्वसाधारणले ऐक्यवद्धता जनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत