मङ्लबार, बैशाख ८, २०८३

जनयुद्धका सहिद परिवारलाई माओवादीले बनाईदियो पक्की घर


कान्तिपथ


नेकपा माओवादी केन्द्र सर्लाहीले जिल्लाका एकजना जनयुद्धकालीन सहिदको परिवारका लागि घर बनाइदिएको छ। १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद इन्द्र कोइरालाको परिवारका निम्ति दाताहरुबाट सहयोग संकलन गरेर माओवादी केन्द्र जिल्ला कमिटीले घर बनाइदिएको हो।

बागमती नगरपालिका-१२ नयाँ बस्ती बथनियामा निर्मित घर शनिबार साँझ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहिद कोइरालाको परिवारलाई हस्तान्तरण गरेका छन्।

एक समारोहबीच गृहमन्त्री श्रेष्ठले सहिद इन्द्र कोइरालाकी पत्नी लक्ष्मी कोइरालालाई घरको साँचो हस्तान्तरण गरेका हुन्। चारकोठे पक्की घर बनाउन झण्डै २१ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजकसमेत रहेका माओवादी केन्द्रका युवा नेता सन्देश श्रेष्ठले जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत