आइतवार, भदौ २३, २०८१

सरकारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै


कान्तिपथ


सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ।

बैठक अहिले बिहान ११ बजे काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयनबारे औपचारिक निर्णय गर्ने रास्वपा महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिए।

साथै बैठकले वर्तमान सरकारलाई दिइएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने विषयमा पनि छलफल गर्ने उनले बताए।

हिजो आइतबार बालुवाटार पुगेर रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। त्यस क्रममा पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्रीले लामिछानेलाई बधाई दिएका थिए भने सरकारमा सामेल हुन आग्रह पनि गरेका थिए। केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्ने रास्वपाले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत