शनिबार, भदौ २२, २०८१

घण्टीघरमा गाडी र बाईक हुने भित्र पसे : साईकलमा आएका शाहलाई निषेध


कान्तिपथ


विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् ।

पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणा गरेर कार्यालय पुगेको बताएका शाहले सुरक्षा गार्डले मोटरसाइकल र गाडी छिराउन मिले पनि साइकल नमिल्ने बताएको उल्लेख गरेका छन् ।

उपाध्यक्ष अर्याललाई फोन गर्दा नउठेपछि आफू भिज्दै निस्केको शाहको गुनासो छ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘घन्टी घरको कथा ‘
माननीय डि पि अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी 😢’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत