धादिङ- हिजोदेखि बन्द रहेको पृथ्वी राजमार्गमा आज पनि सवारी आवागमन अवरुद्ध छ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भाँसिदा पृथ्वी राजमार्ग भएर जाने सवारी आवागमन बन्द भएको हो ।
पूर्वबाट आउने सवारी साधनका लागि वैकल्पिक सडकको रुपमा त्रिभुवन लोकपथ, कान्तिमार्ग र अन्यका लागि गल्छी हुदै त्रिशुलीको बाटो एवं धार्के केवलपुर हुदै गल्छि निस्कने बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।
वर्षाले पुलको धुनीबेँसी पट्टिको भाग भासिएको छ । भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेपनि द्रुतगतिमा काम हुन नसकेको हाम्रा संवाददाता शिव सिलवालले जनाएका छन् । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ