शुक्रबार, चैत्र २७, २०८२

नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज


कान्तिपथ


एसीसी प्रिमियर कपअन्तर्गत घरेलु टोली नेपाल र यूएईबीचको स्थगित फाइनल खेल आज मंगलबार हुँदैछ। वर्षाका कारण सोमबार स्थगित खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

आज सोही अवस्थाबाट खेल सुरु हुनेछ। आज पनि काठमाडौंमा वर्षाको सम्भावना छ। फेरि पनि खेल हुन नसके सुपर ओभरबाट निर्णय लिइने प्रयास गरिनेछ। सुपर ओभर पनि हुन नसके खेल रद्द हुनेछ। खेल रद्द भएमा नेपाल च्याम्पियन बन्दै एसिया कपमा पुग्नेछ।

सोमबार यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि पुनः सुरु भएको खेलमा वर्षा बाधक बनेपछि खेल आज हुन लागेको हो।

हिजो भएको खेलमा ललित राजवंशीले २७.२ ओभरमा आशिफ खान र २७.३ ओभरमा जहुर खानलाई आउट गराउँदै पहिलो ओडीआई ह्याट्रिक नजिक पुगेका थिए। तर चौथो बल फाल्नु अघि नै पानी परेपछि खेल रोकिएको थियो। आज उनले पहिलो बलमा नै विकेट लिन सके ओडीआईमा ह्याट्रिक लिने पहिलो खेलाडी बन्नेछन्।

नेपालका लागि ललित राजवंशी एक्लैले ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सोमपाल कामी र गुलसान झाले एक एक विकेट आफ्नो नाममा गरे।

यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाएका छन्। आर्यन लाक्राले १३ र कप्तान तथा ओपनर मुहम्मद वसिमले ११ र बसिल अहमदले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत