शुक्रबार, बैशाख ४, २०८३

राष्ट्रपति पौडेलले भारतमा भएको उपचार खर्च आफैँले तिर्ने


कान्तिपथ


राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा लागेको सबै खर्च आफैँले ब्यहोर्ने भएका छन् । भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार गर्दा लागेको सम्पूर्ण खर्च राष्ट्रपति पौडेल आफैँले ब्यहोर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । मंगलबार विज्ञप्ति जारी गरी संयोजक कार्कीले उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्ने उल्लेख गरेका छन् ।

‘त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा स्वास्थ्यमा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझाव अनुसार भारतको नयाँदिल्लीस्थित एम्समा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा वितिदै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्‌ले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेस महामन्त्री गगन थापाले सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैँले ब्यहोर्नुपर्ने बताएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत