शुक्रबार, बैशाख ४, २०८३

बादल र टोपबहादुरलाई छानबिन गर्न एमाले विद्यार्थीको माग


कान्तिपथ


नेकपा (एमाले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले राज्य विरुद्दको अपराध कुन तहको नेताबाट भो भन्ने नहुने र त्यस्ता अपराधीलाई कानुनी कारबाही हुनु पर्ने बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेपछि बडालको यो अभिव्यक्ति आएको हो।

टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो । सँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत