बुधबार, चैत्र २५, २०८२

कार्यविनायकमा ‘ह्यासट्याग माया’ को मुहूर्त


कान्तिपथ


काठमाडौँ I ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार पूजा गर्दै चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ । 

राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिनुभयो । 

“हामीले मुहूर्त गरेका हौँ । आगामी सातादेखि काठमाडौँबाट छायाङ्कन सुरु गरेर पोखरा, बर्दिया हुँदै धरानमा सक्ने योजना छ । थ्रीलर विधामा यसको प्रस्तुति रहनेछ”, कार्यकारी निर्माता पौडेलले भन्नुभयो । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने चलचित्रमार्फत नै गुरुङले निर्देशकको यात्रा प्रारम्भ गर्दै हुनुहुन्छ । 

“मैले यो कथामा काम गरेको धेरै समय भइसक्यो । निर्देशनको अध्ययनपश्चात् यही चलचित्रमार्फत दर्शकसम्म पुग्नुपर्छ भन्ने लागेको छ”, निर्देशक गुरुङले भन्नुभयो । शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँले एरियल योगा इन्स्ट्रक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिनुभएको थियो । 

“निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ, चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ”, अभिनेत्री श्रेष्ठले भन्नुभयो । चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत