बिहिबार, बैशाख ३, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • अमेरिकामा फेरी अर्को गोलीकाण्ड, आठको मृत्यु, २०२३ मै १९८ वटा गोलीकाण्डका घटना

अमेरिकामा फेरी अर्को गोलीकाण्ड, आठको मृत्यु, २०२३ मै १९८ वटा गोलीकाण्डका घटना


कान्तिपथ


अमेरिकाको टेक्सस राज्यको डलासस्थित एउटा सपिङ मलमा एकजना बन्दुकधारीले गोली चलाउँदा आठजनाको मृत्यु भएको छ । गोलीकाण्डपछि एलेन शहरमा रहेको उक्त मलबाट सयौँ मानिसहरूलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार ती बन्दुकधारीले आफ्नो वरपर रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । बन्दुकधारीलाई घटनास्थलमै गोली हानी मारिएको प्रहरीले जनाएको छ । गोली लागेकामध्ये केही बालबालिका रहेको समाचारमा जनाइएको छ । आक्रमणमा परी घाइते भएका सातजनाको अस्तालमा उपचार भइरहेको छ भने तीमध्ये तीनजना गम्भीर घाइते छन् ।

सन् २०२३ शुरू भएयता अमेरिकामा १९८ गोलीकाण्ड भइसकेका छन् । गन भायोलेन्स आर्काइभका अनुसार त्यस्ता घटनामा चार वा चारजनाभन्दा मानिसहरू मारिएको वा घाइते भएका छन् । पछिल्ला तीन वर्षको आँकडा हेर्ने हो भने अमेरिकामा हरेक वर्ष ६०० भन्दा बढी गोलीकाण्डका घटना भएका छन् भने औसतमा हरेक दिन झण्डै दुईवटा घटना हुने गरेको गन भायोलेन्स आर्काइभले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत