शुक्रबार, चैत्र २७, २०८२

‘नेपालले के बेच्ने हो?’ – माओवादी केन्द्रका सांसद तामाङको प्रश्न


कान्तिपथ


काठमाडौं, २५ बैशाख । नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ ल्हामु लामा तामाङले कुनै देशले कृषि उत्पादन त कुनै देशले केही बेचेर समृद्ध भएको बताउँदै नेपालले के बेच्ने हो भन्दै प्रश्न गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले नेपाल के बेचेर समृद्धि हुने हो भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘नेपालको बिजनेस प्लान के हो? नेपाल के बेचेर समृद्धि हासिल गर्ने हो? यो कुरामा छलफल हुन जरुरी छ। विकसित देशहरूले आफ्नो व्यापारको पहिचान गरेर बिक्री वितरण गर्दा समृद्ध भएका छन्। उनीहरूको अर्थतन्त्र दिगो र भरपर्दो छ। कुनै देशले प्रविधि बेचेका छन्, कुनै देशले कृषि उत्पादन बेचेका छन् भने केही देशले खनिज पदार्थ बेचेर समृद्ध भएका छन्। तर, नेपालले के बेच्ने हो?’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत