बुधबार, चैत्र २५, २०८२

स्थानीयद्वारा गल्छी-मैलुङ सडक अबरुद्धः बन्दकर्ताद्वारा गाडीमा आगजनी


कान्तिपथ


धादिङ- धादिङको गल्छिमा गएराती एक यूवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । गल्छी-८ निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भिर घाईते भएपछि उपचारका लागी काडमाण्डौ लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पण्डितलगायत अन्य केहिलाई पक्राउ गरिसकेको भएपनि स्थानीयले घटनाको विरोधमा गल्छी-मैलुङ सडक बन्द गराएका छन् । बन्दकर्ताले एउटा गाडीमा आगजनी समेत गरेका छन् । वन्द सडक खुलाउन प्रयास भईरहेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत