बुधबार, चैत्र २५, २०८२

निर्माणाधीन बुटवल–नारायणगढ सडक : धुलोको कुहिरोले दुर्घटनाको जोखिम


कान्तिपथ


नवलपरासी । निर्माणाधीन अवस्थामा रहेको बुटवल–नारायणगढ सडक खण्डको यात्रा निकै कष्टकर बनेको छ ।

खाल्डा खुल्डी र धुल्लाम्य सडकका कारण उक्त बाटोको यात्रा जोखिम बनेको हो । अत्यधिक धुलोका कारण सडक नै नदेखिने अवस्थाले सवारीसाधन कतिखेर एक आपसमा ठोक्किएर दुर्घटना हुने हो निश्चित छैन ।यतिबेला बुटवल–नारायणगढ सडकमार्फत यात्रा  गर्ने आम यात्रु र चालकहरूका लागि कालको मुख जस्तै बनेको छ ।

“धुलोले बाटो देखिँदैन कुहिरो लागेजस्तो हुन्छ, अगाडि पछाडिबाट आएका गाडीहरू पनि देखिँदैन, ज्यानको बाजि नै लगाएर गाडी चलाउनु परेको छ”, बुटवल–नारायणगढ सडक खण्डमा बस चलाउँदै आउनुभएका चालक सागर पाण्डेले भन्नुभयो ।

बुटवलदेखि नारायणढसम्मको १ सय १४ किलोमिटर सडक दुई घण्टामा सरर पुगिने थियो । तर, पहिलो पटक थपिएको म्याद सकिँन लाग्दासम्म काम नसकिएपछि दिउँसो नै बत्ती बाल्नुपर्ने र सडकमा धुलोले हिँडिनसक्नु भएको चालकहरूको भनाई छ।

मोटरसाइकलमा हिँड्ने मानिसहरू धुलाम्य भएर  नचिनिने अवस्था छ । धुलोले राजमार्ग छेउका नागरिकहरूमा श्वास प्रश्वासको समस्या समेत देखिन थालेको छ। सडक निर्माणले गति नलिएको र धुलोले आजित भएको भन्दै स्थानीयले आन्दोलन गरेपछि पानी ठेकेदार कम्पनीले पानी हाल्ने काम गरे पनि बस्ती नभएको स्थानमा पानी नहाल्दा समस्या छ । 

मुलुककै सबैभन्दा लामो राजमार्गको रुपमा चिनिने यो सडक खण्डमा यात्रा गर्न कोही खोज्दैनन् । तर, बाध्यताले अत्यावश्यक कामले यात्रा गर्दा समेत भोग्नुपर्ने सास्तीले स्थानीय आजित छन् । सडक वरपरका पसलमा धुलो पसेर सामान बिग्रने तथा पसल खोल्न नै नसकिने अवस्था रहेको बर्दघाटका व्यवसायी को गुनासो छ।

यसै त देशमा आर्थिक मन्दी छ त्यसैमाथि यो बाटोका कारणले आधा ग्राहक घटेका छन्, भएका सामान पनि धुलोले पुराना जस्ता देखिन थालेको बताउनुहुन्छ बर्दघाटका स्थानीय व्यवसायी मिलन भण्डारी । सबैभन्दा बढी कष्टकर दाउन्ने क्षेत्रको करिब ४ किलोमिटरमा अत्यधिक जोखिम रहेको छ ।

चाइना स्टेटको तर्फबाट पश्चिम सेक्टरका कन्ट्याक म्यानेजर जोयु हेयुले केही समस्या भए पनि आगामी डेढ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो। 

बुटवल–नारायणगढ सडक विस्तारको काम २०७८ साउन २२ गते पहिलो पटक म्याद सकिएको थियो । थप भएको म्याद २०८० साउनमा सकिँदै छ । अहिलेसम्म करिब ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गैँडाकोटदेखि बुटवलसम्मको ११४ किलोमिटर लामो सडकको स्तरोन्नतिका लागि चाइना कन्स्टक्सनलाई दुई खण्डमा करिब १९ अर्ब रुपैयाँको लागतमा ठेक्का चार वर्ष अघि दिइएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत