शुक्रबार, बैशाख ४, २०८३

२ बजे गठबन्धनको बैठक बस्दै


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार १० दलको बैठक डाकेका छन्। बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ।

उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने तयारी छ। प्रधानमन्त्रीले यो बैठकमा नीति तथा कार्यक्रमबारे साझेदार दलहरुको सुझाव लिने उनको सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। जेठ ५ गते नीति तथा कार्यक्रम आएपछि आगामी जेठ १५ गते बजेट ल्याइँदैछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत